+
+
-- Sponsored Ad --

पुस महिनामा करिब ८ हजारले लिए एनओसी

369 पटक हेरिएको
Clock २०७९ माघ ६, शुक्रबार १४:५८
-- Sponsored --

६ माघ, काठमाडौं । पुस महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) करिब ८ हजार जना विद्यार्थीले लिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार पुसमा सात हजार ८५१ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया लगायत ४२ देशका लागि विद्यार्थीले एनओसी लिएका छन् ।

शाखाको अनुसार एनओसीबाट सरकारले एक करोड ६६ लाख बढी राजस्व संकलन गरेको छ । विभिन्न कारणले ८२ जनाको एनओसी रद्द भएको शाखाले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win