+
+
-- Sponsored Ad --

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

460 पटक हेरिएको
Clock २०७९ माघ १३, शुक्रबार १८:१४
-- Sponsored --

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो
यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।
फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिल बिच छलफल भइरहेको छ ।
‘नागरिकता पद नै नरहेकाले अहिले त उहाँको दुवै पद रहँदैन’, एक सरकारी वकिलले भने, ‘उहाँले तत्काल नागरिकता लिनुभयो भने संविधानमा भएको ६ महिने प्रावधान अनुसार उहाँको पुनर्नियुक्तको बाटो हुनसक्छ । त्यो बारेमा हामीले छलफल गरेका छौं ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win