मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् ।
आज बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
मानव तस्करहरूसँग मिलेर गत कार्तिक १३ गते मन्त्रीका हैसियतमा अधिकारी जापान प्रस्थान गरेका थिए । हङकङ ट्रान्जिट हुँदै जापान पुगेका मन्त्रीलाई त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो । उनीसँग गएका तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले