+
+
-- Sponsored Ad --

रविसँग नाम जोडिएपछि करिश्माकाे साइवर व्युराेमा निवेदन

287 पटक हेरिएको
Clock २०७९ माघ २५, बुधबार १६:०८
-- Sponsored --

रास्वपाका सभापति रवि लामिछानेसँग नाम जोडिएपछि अभिनेत्री करिश्मा मानन्धर साईवर ब्युरोमा पुगेकी छिन् । रविसँग नाम जोडेर अन्तर्वार्ता दिएपछि डिल्लीराम खनालविरुद्ध उजुरी गर्न उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेकी हुन।

एक युट्युब च्यानलमा खनालले आफु विरुद्ध जथाभावी बोलेपछि करिश्माले प्रहरी गुहारेकी हुन्। खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग जोडेर करिश्माको बारेमा एक युट्युब च्यानलमा विवादास्पद अभिव्यक्ति दिएका थिए। 

उक्त युट्युब च्यानलविरुद्ध पनि प्रेस काउन्सिलमा उजुरी दिने करिश्माले बताएकी छन्। सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।

‘उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहें । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु’ करिश्माले लेखेकी छन्–‘हेरौं नेपालको कानून कत्तिको बलियो रहेछ।’ आफू हिन्दू भएको र लिभिङ टुगेदरमा विश्वास नै नगर्ने पनि उनले उल्लेख गरेकी छन् । ‘म मेरो संसारमा खुशी छु’, उनले भनेकी छन् । 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win