+
+
-- Sponsored Ad --

डेब्यू खेलमै चर्च ब्वाइजको जित, अग्रता जोगाउन नसक्दा पुलिसको हार

339 पटक हेरिएको
Clock २०७९ फाल्गुन २०, शनिबार १८:४४
-- Sponsored --

२० फागुन, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ ।

च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल हुँदा चर्च ब्वाइजले ए डिभिजनमा डेब्यू जित निकाल्यो ।

तीन पटकको विजेता नेपाल पुलिस क्लब विरुद्ध एक गोलले पछि परेको स्थितीमा चर्च ब्वाइजले २-१ को पुनरागमन जित निकालेको हो ।

रवि पासवानले १४औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि कायम राख्न सकेन ।

चर्च ब्वाइजका लागि पहिलो हाफको इन्जुरी टाइममा आशिष चौधरीले बराबरी गोल फर्काए । त्यसपछि फ्रान्कलिन क्विटे टालाले ७०औं मिनेटमा विजयी गोल गरे ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win