भेलीबाट एक हप्तासम्म मध्यविन्दु बहुमुखी क्याम्पसको प्राङ्गणमा न्यानो कपडा संकलन अभियान सञ्चालन हुनेछ । क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा स्थानीयले समेत घरमा भएका पुनः प्रयोग गर्न मिल्ने वा सहयोग गर्न मन लागेको कुनै पनि लत्ताकपडा सङ्कलन केन्द्रमा उपलब्ध गराउन सकिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
बाहिरका स्थानीले न्यानो कपडा उपलब्ध गराउन चाहेमा सम्पर्क गरेर उपलब्ध गराउन सक्ने उहाँले बताउनुभयो । न्यानो कपडा उपलब्ध गराउँदा सफा र प्रयोग गर्न मिल्ने खालका मात्रै ल्याउनका लागि उहाँले सबैमा अनुरोध समेत गर्नुभएको छ । सङ्कलन भएका न्यानो कपडा जहाँ बढी आवश्यकता छ । त्यो निश्चित गरेर वितरण गरिने उहाँले बताउनुभयो ।