+
+
-- Sponsored Ad --

फेवातालबाट ६ जनाको उद्धार, एकजना गम्भीर घाइते

302 पटक हेरिएको
Clock २०७९ फाल्गुन २०, शनिबार १८:४५
-- Sponsored --

२० फागुन, पोखरा । हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन्  ।

घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी छ्न् ।

शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए । उनका अनुसार डुंगा  ६ सवार ६ जनाको उद्धार गरिएको छ ।

घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘अवस्था अनकन्सियस छ । उपचार भइरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार डुंगामा गिरीसहित ६ जना सवार थिए । बाँकीको अवस्था भने सामान्य छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win