+
+
-- Sponsored Ad --

पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न ४ विद्यार्थी संगठनको माग

312 पटक हेरिएको
Clock २०७९ चैत्र ९, बिहीबार १९:१४
-- Sponsored --

९ चैत, काठमाडौं । चार विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षाको केन्द्र पायक पर्ने ठाउँमा राख्‍नुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याइ पायक पर्ने ठाउँमा राख्‍न माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा तथा नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौं ।’

यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।

हेर्नुहोस् तीन विद्यार्थी संगठनले निकालेको संयुक्त विज्ञप्ति : 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win