दिपक सुनार,चैत १६, स्याङ्जा : कालिका युवा कल्ब अर्जुनचौपारि गाउँपालिका ४ रापाकोट द्वारा रामनवमि अर्थात चैते दशैको अबसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएकाे छ ।

No description available.

 उक्त खेलकाे उद्घाटन प्रमुख अतिथी अर्जुनचौपारि गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले  गर्नुभएकाे हाे । भलीवल प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका प्रमुख तिवारीले राष्ट्रका लागि खेल,स्वास्थ्यका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्व रहेको बताउनुभयो ।

No description available.

उहाँले,‘खेलकुदले कुनैपनि ब्यक्तिलाई अनुशासित बनाउँछ स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म पुग्न खेलाडी लाई पालिकाले सहयोग गर्ने पनि बताउनुभयो ।

विसिष्ट अतिथिकाे रूपमा रहनुभएका अर्जुनचौपारि गाउँपालीका उपाध्यक्ष सपना गुरुङले खेलकुदका क्षेत्रमा पालिका भित्रका युवाहरुकाे राम्रो प्रस्तुति रहेको बताउदै  खेलाडीका कारण नेपाल बिश्व जगतमा चिनिन थालेको पनि सबैमाझ प्रष्ट पार्नुभयाे ।

No description available.

विशिष्ट अतिथि अर्जुनचौपारि गाउँपालिका वडा न १ का वडा अध्यक्ष रणबहादुर थापाले खेलाडीले अनुशासनको पालना गर्दै हार स्विकार्न पनि पनि तयार हुने तथा खेल क्षेत्रमा आफुले जस्तोसुकै सहयोग गर्ने पनि बताउनुभएको छ।

No description available.

आगामी २० गतेसम्म हुने सो प्रतियोगितामा पुरुष खेलाडी सहभागी छन । रापाकाेट स्थित कालिका मन्दिर प्राङ्गणमा खेल सुरु भएको प्रतियोगितामा स्याङ्जा र पर्वत गरि १५ टिमको सहभागीता रहेको छ ।

No description available.

प्रतियोगितामा प्रथम हुने टिमलाई ७१ हजार,द्वितीयलाई ५१ हजार तित्तिय हुनेले ३१ हजार र सान्त्वना हुने ले ११ हजार पुरस्कार घोषणा गरिएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर लगायत उत्कृष्ट रेजरलाई विभिन्न पुरस्कार घोषणा गरिएको कल्बका अध्यक्ष मकन गुरुङले जानकारी दिनुभयाे ।