१७ चैत्र,  गैडाकाेट, नवलपुरः  नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला “कंचन”ले “देशको भृकुटी कागज कारखाना सहित अन्य उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने” उदघाेष गरेका छन ।

No description available.

 साेहि पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काे केन्द्रीय समितिकाे जनसंघर्ष परिचालन समितिले नवलपुरकाे गैडाकाेटमा रहेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाब मुलक अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा नवलपुरकाे गैडाकाेटमा आएका बास्ताेलाले उक्त कुरा व्यक्त गरेका हुन ।

No description available.

साथै उन्ले “विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मिसिनहरु बन्द भयो,देशका नेताहरू विदेशी डाँकाहरुकाे दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भयो,याे व्यवस्था संचालन गर्ने दलाल नाेक्करशाहि मालिकहरुकाे दिमागमा दलाल भएकै कारण यस्तो भएको” बताए । उन्ले थप्दै भने : “अब यस्तो दलाल व्यवस्था र त्यसलाई संचालन गर्ने दलाल नेताहरूलाई सफा गरेर मात्रै देश समृद्ध हुनेछ,अन्यथा देश झन् बर्वादि हुने” बताए ।

No description available.

उन्ले भने : “त्यसकारण हामीले दलाल नाेक्करशाहि सामन्तीहरुलाई सफा गर्ने अभियान स्वरूप याे अभियान लगायतका राष्ट्रिय अभियानहरु संचालन गरिरहेका छाैं यस अभियानमा सबै सहभागी हुन समेत अपिल गर्दछौं, हाे ! याे दलाल संसदीय व्यवस्था भनेको पुँजीवादि संसदीय व्यवस्था नै हाे यसको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था सहित वैज्ञानिक समाजवाद स्थापना गर्नु अहिलेकाे प्रमुख आवश्यकता हाे । दलाल संसदिय व्यवस्थाले हत्या,हिंसा,बलत्कार,लुटपाट आतंक मच्याउदै राज्य आतंक मच्याएकाे समेत” बताए ।

No description available.

“यसै शिलशिलमा मिटरब्याजि आंतक चलाउने बैंक तथा लघुवित्तहरुलाई हाम्रो पार्टीले कार्वाही अगाडि बढाउने क्रममा सिराहा जिल्लाका सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ त्यो आतंकारिलाई हाम्रो पार्टीको नेतृत्वमा कार्वाही गरिएको” समेत बताए ,उन्ले भने : “ती त्यस्ता बैंकहरु नेपाली नामका नविल बैंक जस्ता थुप्रै दलाल लुटेरा बैंक र लघुवित्त संचालक आतंककारि मिटरव्याजिहरुलाई कार्वाही गरि सम्पुर्ण बैंकहरु गाउँ गाउँ,शहर शहरबाट लखेटेर निस्तेज पारि नेपाल नेपाली जनताका लागि नेपाल सरकारकाे बैंक मात्रै संचालन गर्नुपर्ने” बताए ।

No description available.

साथै उक्त कार्यक्रमकाे सभाअध्यक्षता गरिरहेका  नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा जनसंघर्ष परिचालन समितिका संयाेजक उदय बहादुर चलाउने दिपकले “फेरि अर्को जनयुद्धको आवश्यकता भएको” समेत बताएका छन । उन्ले भने “जनताको रगत र पसिना एवम् छिमेकी असल मित्र देशहरूकाे सहयोगमा समेत बनेका उद्योगहरु दलालहरुलाई बेचेर प्रजातन्त्र र क्रान्तिका नाममा भज्याएर खाने गद्दार र धाेकेबाज लुटेराहरुलाई चाेकचाेकमा,गाउँ गाउँमा न्यायलय गठन गरेर कार्वाही गर्नुपर्ने” समेत बताए ।

No description available.

उन्ले थपे : “याे भृकुटी कागज कारखाना किन्ने र बन्द गर्ने गाेल्छाले बक्यौता र मजदुरहरुकाे पैसा तिर्नुपर्ने यदि नतिरेमा उसका बैंक र अन्य कम्पनीहरु पनि समेत नेपालबाट सधैंका लागि जनताहरुले खाेसेर बन्द गरिदिनु पर्ने बताए ।

No description available.

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादि) का केन्द्रीय समिति सदस्य घननाथ सापकोटा,विद्रोही नेकपा(मशाल)का स्थायी समिति सदस्य कृष्ण कँडेल लगायतका अतिथिहरुले सम्बाेधन गरेका थिए  भने नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सचिवालय सदस्य लालबहादुर बिसि “शार्दुल”ले स्वागत मन्तव्य,केन्द्रीय सचिवालय सदस्य बाबुराम गजमेर “आजाद” संचालक र कार्यक्रमकाे अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य उदय बहादुर चलाउने “दिपक” ले गरेका थिए ।