+
+
-- Sponsored Ad --

रामनगर गाउँपालिकामा २२ वर्षिय युवक विजयी

604 पटक हेरिएको
Clock २०७९ जेष्ठ २, सोमबार १७:१२
-- Sponsored --

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले खाता खोलेको छ ।

रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी हुनुभएको छ । यादव २२ वर्षिय युवक हुनुहुन्छ ।

यादवले ४ हजार ८१ मत ल्याएर विजयी हुनुभएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

यादवका निकटतम् प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत गर्नुभएको छ । राजाबाबुको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका आफ्नै काकालाई पराजित गरेको छ ।

त्यस्तै, रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गिता देवीले ३५२३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकै निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत ल्याउनुभएको छ ।

रामनगर गाउँपालिका गरी सर्लाहीमा तिन पालिकाको नतिजा सार्वजनिक भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win