0 प्रतिक्रिया
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा के छ ? पूर्णपाठ ,यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम : प्रधानमन्त्री
२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनमा आवद्ध १० दलले १३ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए ।
यसबारे अध्ययन गरेका धेरैले अघिल्लाहरु भन्दा राम्रो आएको र इमानदार कार्यान्वयन गर्ने हो भने अहिले देखिएका समस्या र असन्तुष्टिहरु सम्बोधन हुने बताएको उनले सुनाए ।
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा के छ ? पूर्णपाठ :
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षार्थ भएको सङ्घर्षको भावनाअनुरूप प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता गर्दै आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान संयुक्त सरकार गठनका लागि पहल गर्ने तथा समर्थन गर्ने दलहरू यो साझा न्यूनतम कार्यक्रममा सहमत रहेका उनले बताइन् ।



