+
+
-- Sponsored Ad --

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन, बार्न नपर्ने

402 पटक हेरिएको
Clock २०८० बैशाख ४, सोमबार १९:२२
-- Sponsored --

४ वैशाख, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win