+
+
-- Sponsored Ad --

अन्तत टुगिंयाे कांग्रेसकाे क्रियाशील सदस्यता विवाद, विवाद समाधान समितिले बुझायो प्रतिवेदन

551 पटक हेरिएको
Clock २०७८ भाद्र ७, सोमबार २१:२७
-- Sponsored --

काठमाडौं । लामो समयदेखि विवादमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य भएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै विवाद अन्त्य भएको हो ।

सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवालाई समितिले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।

नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय सीमा तोकिएकोमा ढिलो गरी समितिले सोमबार बुलुकी मात्रै प्रतिवेदन बुझाएको हो ।

यसअघिको छानविन समितिले अधिकांश जिल्लाको विवाद समाधान गरे पनि बारा, सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतमा भने समाधान गर्न सकेको थिएन । जसको लागि सिटौला नेतृत्वको नयाँ समिति गठन गरेर विवाद समाधानको जिम्मा दिइएको थियो । कांग्रेसको १४औँ महाधिवेसन कार्यतालिका अन्तर्गत यहि भदौ १८ गते वडा अधिवेसनको कार्यतालिका रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win