
एन सन्चार, अर्जुनचौपारी, स्याङ्गजा, ११ बैशाख ०८० : स्थनिय स्तरमा गित गाएर, लाहुरे आउदा नाचगान गरेर, कुनै पुजाआजामा भजन कृतन गरेर, तिहारमा देउसि भैलो खेलेर रकम जम्मा गर्ने प्रचलन नभयको ठाउँ नेपालमा मा बिरलै भेटियलान । नेपालमा यो सस्कार सुरु भयको कयौ सताब्दी नागिसकेको कुरामा दुइमत नहोला । त्यसरि उठायको रकम प्राय बनभोज, रङ्गरमाइलो जस्ता बिबिध कामहरुमा खर्चिनु भन्दा समाजसेवामा प्रयोग गर्नु उत्तम हुने देखिन्छ । जम्मा भयको रकम गरिब, दिनदुखी, असहायहरुलाइ सहयोग गर्दा धर्मनै होला । अप्ठ्यारोमा परेकाहरुबाट आशीर्वाद नै पाइन्छ यसमा दुइमत छैन ।
त्यस्तै सराहनिय काम गरेर मानवताको सम्मान गरेको छ अर्जुनचौपारी गाउपालिका स्याङ्गजाको रानिचरी आमा समूह खाल्टेले ।
समुहमा आबद्द सदस्यहरु जम्मा भयर भजनकृतन, नाचगान, देउसि भैलो जस्ता कार्यक्रम हरुबाट जम्मा भयको रकम मध्ये बाट करिब ८ हजार रुपैया रकम बराबरको सहयोग गरेका छन ।
अर्जुनचौपारी गाउपालिका वडा नम्बर २ खाल्टे निवासी हुमबहादुर बिक आफैमा दिर्घरोगी सहाराबिहिन थिय । बर्षातको समयमा बसोबास गर्दै आयको घर समेत भत्कियर घरबार बिहिन भयको खबर पायपछी अर्जुनचौपारी गाउपालिकाको सहयोगमा दलित उत्थान केन्द्र अर्जुनचौपारिले आवासको प्रबन्ध मिलायको थियो ।
मरेपछि दुई थोपा आँशु झार्न भन्दा जिउदो छदाँ आसुँ झर्न नदिने समाज नै महान समाज हुने रानिचरी आमा समूह खाल्टेकी निवर्तमान अध्यक्ष बिन्दु जिटिको भनाइ छ । यो महा अभियानबाट आमा समुहको मन खुँसियालिले भरियको समेत जिटिको जिकिर थियो ।
सहयोगी हातहरुले सहयोग गर्ने क्रममा सोमबार रानिचरी आम समूह खाल्टेले हुम बहादुरको लागि अत्यावश्यक घरायसी सामानहरु खाट, लत्ताकपडा,खाद्यान्न जस्ता सामाग्रीहरु करिब ८ हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ । सहयोगी हातहरुलाई उच्च सम्मान छ । आगामी दिनहरुमा हुमबहादुर जस्ता कयौ दिनदुखी, गरिब, असहायहरुलाई सहयोग गर्ने यहाहरु सबैको उन्नती प्रगतीको कामना छ ।
एन सन्चार मिडिया प्राली परिवार…………