0 प्रतिक्रिया
भारतमा उपचारपछि स्वदेश फर्के कांग्रेस नेता डा. भण्डारी
काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्किएका छन ।
भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट स्वदेश फर्किएकाे डा. भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए ।
डा. भण्डारी नेपाल वायुसेवा निगमको विमानमार्फत साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन ।
अहिले भण्डारी बोल्न र हिँड्ने गर्न सक्ने भएका छन ।
आगलागीमा परी सांसद डा. भण्डारी र उन्की आमा हरिकला भण्डारी गम्भीर घाइते थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा. भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।



