+
+
-- Sponsored Ad --

नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु हुँदै

209 पटक हेरिएको
Clock २०८० जेष्ठ ७, आईतवार १४:३९
-- Sponsored --

काठमाडाैं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आइतबारदेखि छलफल सुरु हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको आइतबार बिहान ११ बजे बसेकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव गरेपछि छलफल सुरु भएकाे हाे ।

नीति तथा कार्यक्रमबारे सांसदहरुबाट प्राप्त संशोधनहरू पनि बैठकमा प्रस्तुत हुने र छलफल गर्ने कार्यसूचि रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win