+
+
-- Sponsored Ad --

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी, राष्ट्रपति कार्यालय पुग्यो फाइल

319 पटक हेरिएको
Clock २०८० जेष्ठ ११, बिहीबार १८:१४
-- Sponsored --

काठमाडौं । सरकारले टिकापुर हत्या काण्डका दोषी रेशम चौधरीलाई आम माफी दिने तयारी गरेको छ ।

सोही अनुसार सरकारले गणतन्त्र दिवसका अवसरमा कैद रहेका चौधरीलाई आम माफी दिने तयारी गरेको हो ।

सोही अनुसार गृहमन्त्रालयले कारबाही मिना गर्नेसम्बन्धी फाइल राष्ट्रपति कार्यालय शीतल निवास पुगेको राष्ट्रपति कार्यालय निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार गृहमन्त्रालयले सो फाइल राष्ट्रपति कार्यालय पठाएको हो ।

प्राप्त फाइलमा राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको छ ।

२०७२ सालमा कैलालीको टिकापुरमा भएको आन्दोलनका क्रममा प्रहरीसहित दर्जनौँ व्यक्तिको हत्या भएको थियो । सोही प्रकरणमा पक्राउ परेका उनलाई सर्वोच्चले दोषी ठहर गर्दै १५ वर्ष जेल सजाय सुनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win