
जेठ २४, कास्की,
गण्डकी प्रदेशको पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकारले बिश्वासको मत लिने समय नजिकिदै गर्दा अब प्रदेश सरकार कस्को नेतृत्वमा बन्छ भन्ने कुराको बहस चलिरहेको छ ।
सर्बोच्चले जनमोर्चाका सांसद कृष्ण थापालाई सांसद पद खारेज नगर्न अन्तरिम आदेश दिएपछि प्रदेशका सत्ता पक्ष र विपक्षी दुबै अल्पमतमा परेका छन् ।
अब गण्डकी प्रदेशमा संसद बिघटन भएर मध्याबधी निर्वाचन हुन्छ कि नयाँ सरकार बन्छ भन्ने कुराको निर्धारण भने माओबादीले के निर्णय गर्छ भन्ने कुराले निर्धारण गर्ने देखिन्छ ।
दुबै पक्ष अल्पमतमा भएका कारण बहुमत पु¥याउनका लागि माओबादीबाट निर्बाचित सभामुख नेत्र अधिकारीले सभामुख पदबाट राजिनामा दिएको खण्डमा बिपक्षी गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ । तर माओबादीमा भने आँफैले नेतृत्व गर्न पाए मात्र सभामुखबाट राजिनामा दिने भन्नेबारे बहस चलिरहेको स्रोतको दावी छ ।
यता काँग्रेस ,जसपा र जनमोर्चाले भने सभामुखले राजिनामा दिएर मुख्यमन्त्रीमा कृष्ण नेपाली पोखरेललाई नै सहयोग गर्नुपर्ने दबाद सिर्जना गरिरहेको छ । त्यसो गरेको अवस्थामा नयाँ सरकार गठन हुन मार्ग प्रशस्त हुने र सभामुखमा फेरि पनि माओबादी कै सांसदलाई बिजयी गराउन सकिने गठबन्धनको दावी छ ।
यसैबिच
जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको नेतृत्वमा रहेको सरकारलाई सहयोग नगर्ने बताउनुभएको छ ।
गुरुङको नेतृत्वको प्रदेश सरकारमा जनता समाजबादी पार्टी सहभागि हुने हल्लाहरु आएपनि ‘पार्टीले गठबन्धन भन्दा बाहिर नजाने निर्णय गरेको भट्टराईले बताउनुभएको हो ।
सोमबार पत्रकारसँगको कुराकानिमा भट्टराईले भन्नुभयो ः गुरुङ सरकारमा सहभागि हुने वा उनलाई सहयोग गर्ने कुराको कुनै संभाबना छैन । त्यहाँका सांसदहरु पनि त्यो बिषयमा प्रष्ट नै छन् । हामी प्रतिगमनलाई काँध थाप्न सक्दैनौँ ।’
त्यस्तै उहाँले आफूले प्राप्त गरेको सूचनाअनुसार देशभित्र र बाहिरका प्रतिगमनकारी शक्तिहरु मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने र देशलाई अनिश्चयको अँध्यारो सुरुङतिर धकेल्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ ।
जनता समाजवादी पार्टीको एक समूहको सरकारमा सहभागितालाई पनि नेता भट्टराईले प्रतिगमनकारीहरूको षड्यन्त्रका रुपमा अथ्र्याउनुभयो ।
यस्तै जसपा गण्डकी प्रदेशका संसदीय दलको नेता हरिशरण आचार्यले पनि पार्टीको निर्देशन भन्दा दायाँबायाँ नहुने बताउनुभएको छ । बाहिर जे जसो हल्ला भएपनि गुरुङ नेतृत्वको सरकारमा सहभागी बन्ने वा सरकारलाई सघाउने कुनै संभावना नरहेको आचार्यले दाबि गर्नुभएको छ ।