+
+
-- Sponsored Ad --

विश्व वातावरण दिवसको अवसरमा अर्जुनचौपारी गाँउपालिकाद्वारा वृक्षारोपण सम्पन्न ।

1,151 पटक हेरिएको
Clock २०८० जेष्ठ २२, सोमबार १९:२४
-- Sponsored --

एन सन्चार अर्जुनचौपारी , २२ जेठ ०८०  :  प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ भन्ने नारा सहित विश्व वातावरण दिवसको अवसर पारी स्याङ्गजाको अर्जुनचौपारी गाँउपालिकाले वृक्षारोपण गरेको छ ।

No description available.
गाँउपालिका प्रमुख प्रकास तिवारी, उपप्रमुख सपना गुरुङ्ग, जिल्ला सव डिभिजन वन कार्यालयका प्रमुख , नेपाल आर्मिका प्रमुख, स्याङ्गजा जिल्ला वन उपभोक्ता महासंघका अध्यक्ष, अर्जुनचौपारी सामुदायिक वनका अध्यक्ष, आमा समुहका प्रतिनिधीहरु पञ्चकन्या माध्यमीक विद्यालयका कर्मचारी तथा विद्यार्थीहरु, गाँउपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, प्रहरी चौकी अर्जुनचौपारीका प्रतिनिधी तथा स्थानिय समाजसेवी वुद्धिजिवी लगायतकाको उपस्थितीमा सो वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

No description available.
वन पैदावारको संरक्षण सम्बर्धनका साथै नयाँ विरुवा हरु रोप्ने काम वातावरण सन्तुलनका लागी अति महत्वपुर्ण भएको वताउदै पालिका प्रमुख तिवारीले प्राकृतिक श्रोतहरुको विनास र भौतिक तथा मानविय क्षति निर्मुल पार्न यस्ता कामहरु अति अपरिहार्य रहेको समेत स्पष्ट पार्नुभयो ।

No description available.
वृक्षारोपण कार्यक्रममा पालिका भित्र अवस्थित विभिन्न सडक छेउछाउ, विभिन्न सरकारी तथा गैर सरकारी भवन आसपासका क्षेत्र, खालि वगर लगायतका स्थानहरुम करिव २ हजार वटा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको समेत जनाइएको छ ।

No description available.
प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ भन्ने नाराका शाथ विश्वभर सोमवार विश्व वातावरण दिवस दिवस मनाइएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win