+
+
-- Sponsored Ad --

प्रचण्डको आत्मसमीक्षा : एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ

249 पटक हेरिएको
Clock २०८० असार ४, सोमबार २१:१७
-- Sponsored --

४ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए ।

त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘शायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं कि ?’

‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर विचार राजनीति, संगठन, कार्यशैलीमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए हामी सफल हुन्थ्यौं कि ? सबैले सोच्नुपर्ने परिस्थिति छ’, उनले थपे ।

निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको उनले स्मरण गरे ।

हिजोको तितो अनुभवबाट सिक्नुपर्ने भन्दै उनले भने, ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win