0 प्रतिक्रिया
बझाङ जिप दुर्घटना : सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन
काठमाडौं । बझाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
उनको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
घाइते अन्य दुईजनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि आजै सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको थियो ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ मा दुर्घटनामा परेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




