+
+
-- Sponsored Ad --

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

209 पटक हेरिएको
Clock २०८० असार १५, शुक्रबार १८:२९
-- Sponsored --

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत काठमाडौले पूर्व प्रमुख आयुक्त बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर सरकारी लिखत किर्ते गरेको आरोप बस्न्यातमाथि छ । भूमिसुधार मन्त्रालयको सचिव हुँदा उहाँले ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गर्नुभएको थियो ।

सरकारी लिखत किर्ते गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ४ जनालाई सिआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बस्न्यातविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएपनि सर्वोच्चले भने ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

ललिता निवास प्रकरणमा अदालतबाट ४ सय ६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । तीमध्ये १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win