+
+
-- Sponsored Ad --

मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध

237 पटक हेरिएको
Clock २०८० असार २३, शनिबार १९:३७
-- Sponsored --

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा सुख्खा पहिरो खसेको हो।

पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ ।

सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रु बिच बाटोमा अलपत्र परेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win