+
+
-- Sponsored Ad --

जनमतका मन्त्री, सांसदसहित नेताकार्यकर्ताले रोपिदिए किसानको धान

188 पटक हेरिएको
Clock २०८० असार २८, बिहीबार १२:३१
-- Sponsored --

२८ असार, जनकपुरधाम । जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् ।

महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो ।

मजदुर अभावका कारण रोपाइँको हुन नसकेको जानकारी प्राप्त भएपछि नेताकार्यकर्ता पुगेर धान रोपिदिएको जनमतका केन्द्रीय उपाध्यक्ष समेत रहेका मधेशका विना विभागीय मन्त्री वसन्त कुशवाहाले बताए ।

पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहा, प्रतिनिधि सभा सदस्य अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ. श्याम महतो लगायतले धान रोपेका हुन् ।

उनीहरुलाई खेतमा खाजा (जलखई) कृषकले खुवाएका छन् । मन्त्री कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको समेत बताए । ‘खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनु पर्छ’ उनले भने ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win