+
+
-- Sponsored Ad --

सातामै सुन प्रतितोला १२ सय र चाँदी ८५ रुपैया महँगो

181 पटक हेरिएको
Clock २०८० असार २९, शुक्रबार ११:५७
download (1)
-- Sponsored --

२९ असार, काठमाडौं । यो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सातामा १२ सय र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेको छ ।

साताको अन्तिम दिन आज छापावल सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको छ । आइतबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ मात्रै थियो ।

शुक्रबार छापावल सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय रुपैयाँको बृद्धि हो । यस्तै,चाँदीको मूल्य आज १४ सय ८० रुपैयाँ तोकिएको छ । गत आइतबार चाँदी १३ सय ९५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बृद्धि भएको हो । हिजो १४ सय ४० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । सातभर तेजावी सुनको मूल्य भने एक लाख १० हजार ७५० रुपैयाँबाट बढेर एक लाख ११ हजार ९५० रुपैयाँमा पुग्यो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win