0 प्रतिक्रिया
नेपाली सेना द्वारा निर्माण हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण
दिपक बिश्वकर्मा असार २९, स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका-१को सहलेमा नेपाली सेनाले निर्माण गरेको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

गाउँपालिसँगको समन्वयमा श्री समरजित गुल्म स्याङ्जाले चालु आर्थिक वर्ष २०८९/८० सीमित कार्यक्रम अन्तगर्त अर्जुनचौपारि गाउँपालिकाको आर्थिक सहयोगमा तथा नेपाली सेनाको श्रमदानमा निर्माण सम्पन्न हेलिप्याड शुक्रवार असार २९ गते प्रमुख जिल्ला अधिकारी शशिघर घिमिरेको प्रमुख आतिथ्यमा गुल्मपति सेनानी हरिप्रसाद भट्टराईले गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीलाई हस्तान्तरण गरेका छन्।

साथै विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी तथा गम्भीर खालका बिरामीहरूलाई आकस्मिक उद्धार गर्न सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका प्रमुख सेवक प्रकाश तिवारीले बताए।



