+
+
-- Sponsored Ad --

‘भोलिदेखि लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाइयोस्’

226 पटक हेरिएको
Clock २०८० असार ३१, आईतवार १५:३०
-- Sponsored --

३१ असार, काठमाडौं । सांसदहरुले श्रमिकको न्युनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुलले श्रमिकको न्युनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

हरेक तीन वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला तोक्नमा ढिलाइ भएको भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्व प्रकाश शर्माले सरकारको ध्यानाकर्षण गरे ।

कांग्रेसकै अर्का सांसद रमा कोइराला पौडेलले साउन १ गते देखि नै लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाउन माग गरिन् । ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win