साउन ४, पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन्।

महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा पाण्डेले संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था रहेको बताए।

‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि रोक्न सक्नुहुन्न,’ उनले भने, ‘तर कुन समयमा संसदीय दल नेता चयन गर्ने र हटाउने होरु संसदीय दल नेता हटाउँछु भन्दै हिँडेर अतिरञ्जित नगरौं।’

उनले कांग्रेस एक मात्र रहेकोले यो डुब्दा सभापति देउवामात्र नभई महामन्त्री थापा र आफू पनि डुब्ने बताएका थिए।

उनले महामन्त्री थापाले ल्याएको कार्यतालिका राम्रो भए पनि लागु गर्ने चुनौती रहेको बताए। ‘यो कार्यतालिका राम्रो छ तर लागु हुन्छ कि हुँदैनरु सभापति, महामन्त्री, केन्द्रीय कार्यालय, केन्द्रीय सदस्य कसले लागु गर्ने हो तौकौं, नत्र सभापतिले लागु गर्नुभएन भन्ने कुरा आउँछ,’ उनले भने।

उनले २२ विभाग थप गर्न प्रस्ताव गरेकोमा ३ विभागका नाम यसअघिकै विभागसँग मिल्दो रहेको पनि बताए।

साथै उनले सातै प्रदेश सभा र सरकारका गतिविधि पनि केन्द्रीय समितिले जानकारीमा राख्ने गर्नुपर्ने बताए।

उनले कांग्रेसका नीति कार्यक्रम, परम्परा, पार्टी पद्धतीबारे पनि नयाँ कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने बताए।