प्रदेश प्रमुखद्वारा कांग्रेसका कृष्णचन्द्र पोख्रेल मुख्यमन्त्रीमा नियुक्त (विज्ञप्ती सहित)

जेठ २९, पोखरा,

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली(पोख्रेल) नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई नियुक्त गर्नुभएको हो ।

letter

आफैले दिएको २४ घण्टाको समयसम्म प्रदेश प्रमुख पौडेल मौन रहिदिँदा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित ३१ सांसद प्रदेश प्रमुख कार्यालय गेटमै सडकमा धर्ना बसेका थिए । अन्ततः पोखरेल सडकबाट मुख्यमन्त्रीको कुर्सीमा पुग्नुभएको छ ।

लामो रस्साकस्सीबीच कमजोर गठबन्धनको बलियो दावीसहित पोखरेलको बाटो खुलेको हो । काँग्रेस संसदीय दलका नेता उहाँलाई काँग्रेस (१५) सहित माओवादी (११), राजमो (२), जसपा (२) र स्वतन्त्र दीपक मनाङेको साथ छ । उहाँको पक्षमा ३१ सांसद छन्, जुन ठ्याक्कै सरकार बनाउन आवश्यक संख्या हो । मनाङेलाई ईच्छाएको मन्त्रालय नदिए उहाँले १ महिनाभित्र विश्वासको मत पाउन भने मुस्किल देखिएको छ ।
मनाङेले गृह (आन्तरिक मामिला) वा अर्थ (आर्थिक मामिला) मागिरहेको स्रोतले बताएको छ ।

संघीय सरकार झैं गरी प्रदेश सभा विघटन गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको र त्यसका लागि अन्तिम कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको साथ लिइएको थियो । तर, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आफू विवादमा पर्न नचाहेको बुझिएको छ ।

सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको अवस्थामा गुरूङ स्वयंले संविधानसम्मत ढंगले नियमित प्रक्रियामा अगाडि बढ्न प्रदेश प्रमुखलाई आग्रह गरेको श्रोतको भनाई छ । केन्द्रमा अध्यक्ष झैं पेलेर अघि बढ्न गुरूङ ईच्छुक नभएको साथै अर्थमन्त्री किरण गुरूङ, रामशरण बस्नेत लगायत पनि विवादमा परेर राजनीतिक भविष्य दाउमा राख्न उद्धत नरहेको श्रोतको दावि रहेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 12 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 27 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *