0 प्रतिक्रिया
नयाँ आर्थिक वर्षमा लगानीकर्ता उत्साहित, सेयर बजारमा हरियाली
१ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लियो । यो २.२४ प्रतिशतको वृद्धि हो । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए ।
सबैभन्दा धेरै (४.१४ प्रतिशत) विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो । सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको भएको छ ।
सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




