२०८० पुष २७ः महोत्तरीको गौशालामा नगरपालिका ११ लक्ष्मीनिया टोलमा दुई कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
उखु खेतको बीच दुई कट्ठा लगाएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । विशेष सुराकीको आधारमा उखु खेतको बिच लगाएको गाँजा खेती कान्तिबजार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार नष्ट गरेको हो ।
उखु खेतको बिच लगाएको गाँजा खेती नष्ट पार्न सफल भएकाे कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादवले जानकारी दिए

