+
+
-- Sponsored Ad --

टीआरसीबारे सहमति जुटाउन गठित संसदीय उपसमितिको म्याद १५ दिन थप

227 पटक हेरिएको
Clock २०८० श्रावण ५, शुक्रबार १४:०४
-- Sponsored --

५ साउन, काठडौंमा

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) माथि छलफल गर्न गठित संसदीय उपसमितिको म्याद थपिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकले उपसमितिको म्याद थप गरेको हो । यसअघि जेठ ५ गते उपसमिति गठन भएको थियो । त्यसबेला २१ दिनको समय दिइएको थियो ।

उपसमितिका ज्येष्ठ सदस्य ध्रुवबहादुर प्रधानका अनुसार उपसमितिले काम सिध्याएको छैन । काम गरिरहेको र नसकिएको भन्दै उनले दुई साता समय थप गर्न माग गरेका थिए । सोही अनुरुप समितिले उपसमितिको म्याद थप गर्ने निर्णय गरेको हो ।

उपसमिति सदस्य सुवास नेम्वाङले १० कार्य दिन हुँदा उपसमितिले काम सिध्याउन सक्ने बताएका छन् । विगतमा धेरै काम भएको तर भएका कामलाई लिपिबद्ध गर्ने सहितका कार्यका लागि समय अपुग भएको उनले बताए ।

११ सदस्यीय उपसमितिमा नेम्वाङ सहित सांसदहरु महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, पूर्णबहादुर घर्ती, सन्तोष परियार, ध्रुवबहादुर प्रधान, रञ्जुकुमारी झा, शेरबहादुर कुँवर र गोमा लाभ सापकोटा सदस्य छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win