हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात, पहाडी भेगमा वर्षाको सम्भावना

२८ पुस, काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ ।

कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ ।

बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद निर्मला रेग्मीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो । यो प्रणालीको प्रभावले पुस २७ गते शनिबार रातिदेखि पश्चिम तिरबाट बादल लाग्न सुरु गरेको थियो ।

२७ गते राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरुमा हल्का हिउँ समेत परेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पनि परेको छ ।

त्यो बादल पुस २८ गते आइतबार पश्चिमतिरबाट पूर्वतिर फैलिँदै गएको छ ।

सोमबार रातिदेखि मौसममा सुधार:

सोमबार दिउँसोसम्म पनि देशका पूर्वी र मध्य पहाडी भूभागमा बादल लागेर छिटपुट हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद रेग्मीले बताइन् । उनका अनुसार सोमबार रातिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराई क्षेत्रमा लागेको हुस्सु कम भएको छ । केही दिन धेरै ठाउँमा बाक्लो देखिएको हुस्सु आज भने कम भएको छ । आइतबार तराईका थोरै भू–भागमा मात्रै हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।Onlinekhabar

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 27 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 26 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *