+
+
-- Sponsored Ad --

‘लक्ष्मी भ्यालु फण्ड-२’ को इकाइ बिक्री खुला

194 पटक हेरिएको
Clock २०८० श्रावण ५, शुक्रबार १४:०४
-- Sponsored --

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘लक्ष्मी भ्यालु फण्ड–२’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाइ १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइहरु निष्कासन गर्न लागेको हो ।

जसमध्ये १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकले बिज पूँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् ।

शुक्रबारदेखि निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा ९ साउनसम्म र ढिलोमा १९ साउनसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win