श्रीकृष्ण, साईबाबा लगायतका ग्याँस उद्योग सञ्चालक राजेन्द्र डल्लाकोटिले आयल निगमको नियम अनुसार ग्याँस विक्रेतालाई कम्पनिले प्रतिसिलिण्डर ४७.९१ पैसा दिने गरेको एनसञ्चार अनलाईनलाई बताएका छन् ।
“उपभोक्तालाई सरकारले तोकेकै मुल्यमा ग्याँस उपलब्ध गराउनु पर्छ ।” : ग्याँस विक्रेता महासंघका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर थापा
एनसञ्चार संवाददाता, साउन ७, कावासोति : नेपाल आयल निगमले पछिल्लो समय गत असार ३१ गते रातिबाट लागु हुने गरि खाना पकाउनें (एलपिजि) ग्याँसको बजार मुल्य १,७९० कायम गरेको छ ।
उक्त मुल्य विषेश गरि तराई क्षेत्रका उपभोक्ताकोलागि तय गरिएको अन्तिम मूल्य हो । ग्याँस विक्रेताको लागि सरकारले नै प्रति एलपिजि ग्याँस बराबर ४७.९१ रुपैयाँ छुट्याएको छ । तर देशका अन्य जिल्लाहरुको हकमा यो नियम कार्यान्वयन भएको देखिएपनि नवलपुर जिल्लाको हकमा भने यो नियम लागु नभएको पाईएको छ ।
जिल्लामा सरकारले तोकेको भन्दा करिब १५ रुपैयाँ बढि मुल्य तिर्न बाध्य भएको ग्याँस विक्रेता हरि ढकालले एनसञ्चार अनलाईनलाई बताएका छन् । उनले भने : ” नेपाल आयल निगमलेनै प्रति सिलिण्डर ४७ रुपैयाँ ग्याँस विक्रेताको लागि छुट्याए पनि जिल्लामा डिस्ट्रिव्यूटर (कम्पनिबाट ग्याँस ल्याएर विक्रेता सम्म पुर्याउने)को कार्य गर्ने व्यवसायिहरुले ३० रुपियाँ मात्रै कमिसन दिने गरेका छन् ।”
सरकारकै नियमअनुसार पनि ग्याँस व्यवसायमा लगानि गरेको रकमको ब्याज समेत उठाउन नसकिएको वर्तमान आर्थिक मन्दिको समयमा डिस्ट्रिब्यूटरले नियमअनुसार नै डिलरहरुले खाईपाई आएको रकम नदिँदा थप मारमा परेको ढकालको गुनासो छ ।
“उपभोक्तासँग सरकारले तोकेभन्दा धेरै रकम लिन मिलेन”, ढकाल भन्छन् : “यता कम्पनिले दिएको कमिसन रकममा डिस्ट्रिब्यूटरले ढुवानि खर्च भनेर प्रतिसिलिण्डर १५ रुपियाँ लिईदिन्छ ।”
यता नवलपुर ग्यास विक्रेता संघका अध्यक्ष घनलाल भट्राईले नियमले हरेक विक्रेताले प्रतिसिलिण्डर ४७ रुपियाँ र डिस्ट्रिब्यूटर हरुका लागि लोकल ढुवानि भाडा भनेर प्रतिसिलिण्डर करिब ३० रुपियाँ दिने गरिए पनि नवलपुरका डिस्ट्रिब्यूटरले ३० रुपियाँमा थप १५ रुपियाँ जोडेर विक्रेतासँग लिने गरेको पाईएको बताएकाछन् । यस सम्बन्धमा पटक पटक डिस्ट्रिब्यूटरहरु र नेपाल आयल निगमसँग नै गुनासो गरिएपनि कतैबाट सुनुवाई नभएको एनसञ्चार अनलाईनलाई बताएका छन् ।
उनका अनुसार नवलपरासि (वर्दघाट सुस्ता पूर्व)मा मात्रै डिस्टिव्यूटरको जस्तै कार्य गर्ने ५ वटा व्यवसायिक फर्म रहेका छन् भने १०५ वटा दर्ता गरिएका ग्याँस डिलरहरु रहेका छन् ।
ग्याँस विक्रेता महासंघका केन्द्रिय अध्यक्ष चन्द्र बहादुर थापाले डिस्ट्रिब्यूटरले लिने गरेको थप मुल्यको सम्बन्धमा आँफुहरुले नेपाल आयल निगमसँग नै कुरा गरेपनि निगमले यसमा खासै चासो नदेखाएको बताएका छन् ।

ग्याँस विक्रेता महासंघका केन्द्रिय अध्यक्षः चन्द्र बहादुर थापा
अध्यक्ष थापाले एनसञ्चार अनलाईनसँग भने : “हामि उपभोक्तालाई सरकारले तोकेकै मुल्यमा ग्याँस उपलब्ध गराउनु पर्छ भन्ने मान्यतामा छौँ, त्यस्तै ग्याँस विक्रेताहरुलाई भएको समस्याका बारेमा पनि जिल्ला देखि आयल निगमसम्म कुरा पुर्याएका छौँ, आयल निगमले या ग्याँस कम्पनिहरुले यसको सुनुवाई गरेर छिट्टै निकासको बाटो दिनेछन् भन्नेमा पनि आशावादि छौँ ।”
“हामिले नवलपुर जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारी(सिडिओ) सम्म पटक पटक डेलिगेसन गएर समस्या सुनाएका हौँ”, थापाले भने : “तर समस्या सुनेका सिडिओले त्यस सम्बन्धमा काम गर्न नपाउँदै नयाँ सिडिओ आउने र नयाँ आएकालाई उक्त समस्याबारे थाहै नहुने हुँदा पनि समस्या भएको हो ।”
अन्य जिल्लामा डिस्ट्रिब्यूटरहरुले विक्रेतालाई निगमले तोकेकै कमिसन रकम दिएको पाईएपनि नवलपुरको हकमा डिस्ट्रिब्यूटरले थप रकम लिने कार्य किन गरिरहेका छन् ? डिस्ट्रिब्यूटरलाई के समस्या भएको हो ? यसबारेमा डिस्ट्रिब्यूटरहरुले ग्याँस कम्पनि अथवा निगमसँग नै कुरा गर्नु उपयुक्त हुने थापाको भनाई छ ।
उनले भने : “डिस्ट्रिब्यूटर पनि महासंघमा आबद्ध छन् तर महासंघको सहमति बिनै विक्रेतासंग यसरी थप रकम लिएको पाईएको छ, हामि यसको निकास अवश्य खोज्छौँ ।”
यता श्रीकृष्ण, साईबाबा लगायतका ग्याँस उद्योग सञ्चालक राजेन्द्र डल्लाकोटिले आयल निगमको नियम अनुसार ग्याँस विक्रेतालाई कम्पनिले प्रतिसिलिण्डर ४७.९१ पैसा दिने गरेको एनसञ्चार अनलाईनलाई बताएका छन् ।
डल्लाकोटिले भने : “निगमको नियमअनुसार डिस्ट्रिब्यूटर भन्ने हुँदै नहुने भएपनि साना विक्रेताको सहजताका लागि कम्पनिहरुले नै केहि डिस्ट्रिब्यूटरलाई ग्याँस ढुवानिको जिम्मेवारी दिएको हो, विक्रेतालाई दिने कमिसन रकम बाहेक डिष्ट्रिब्यूटरलाई प्रतिसिलिण्डर २५ रुपियाँ कमिसन सहित त्यसमा स्थान हेरि १० देखि १५ रुपियाँ थप ढुवानि भाडा र धेरै ग्याँस विक्रि गरेको हकमा प्रतिसिलिण्डर थप ५ देखि १० रुपियाँसम्म दिने गरेका छौँ । यसमा केहि डिष्ट्रिब्यूटरहरुले आफ्नो सिण्डिकेट लागु गर्न खोजेको पाईएको छ, यसलाई तोड्न हामि उद्योगि व्यवसायिले पनि पहल गरिरहेका छौँ ।”
यता त्रिशुल, एभरेष्ट लगायका ग्याँस कम्पनिका सञ्चालक एवं उद्योग संघका निवर्तमान अध्यक्ष समेत रहेका शिव घिमिरेले कम्पनिहरुले आयल निगमको नियम अनुसार नै डिस्ट्रिब्यूटर र विक्रेतालाई कमिसन रकम उपलब्ध गराएर ग्याँस दिने गरेको बताएका छन् ।

उद्योग संघका निवर्तमान अध्यक्षः शिव घिमिरे
एनसञ्चार अनलाईनसँगको कुराकानिमा उनले भने : “मेरो ७ वटा कम्पनि छन्, देशभर हजार भन्दा बढि हाम्रो कम्पनिको डिलर पनि छन्, नवलपुर जिल्लाकै हकमा मेरो कम्पनिको डिलर भए नभएकोवारे म स्वयं अनविज्ञ छु, हाम्रो कम्पनिका डिलरमा त्यस्ता समस्या देखिएका छैनन्, अन्य कतै त्यस्तो भएको छ भने रोकिनु पर्छ ।”
विक्रेताले सरकारले तोकेअनुसार प्रतिसिलिण्डर ४७ रुपियाँ ९१ पैसा कमिसन नपाए ग्याँस बेच्दैनौ या जुन डिस्ट्रिब्युटरले थप रकम मागेको छ उक्त डिस्ट्रिब्यूटरसँग खरिद नगरिदिए, यो समस्या समाधान हुनसक्ने ग्याँस उद्योग सञ्चालकहरुले बताएका छन् ।

