Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
हर्क साम्पाङ : बालगोपाल मन्दिर र चर्च विवादको वास्तविकता हर्क साम्पाङ : बालगोपाल मन्दिर र चर्च विवादको वास्तविकता - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

हर्क साम्पाङ : बालगोपाल मन्दिर र चर्च विवादको वास्तविकता

261 पटक हेरिएको
Clock २०८० श्रावण १०, बुधबार १०:३१
sampang bibad
-- Sponsored --

साउन १०, धरान :  धरान जिल्लाको धरान उपमहानगरपालिका १४, सिंहदेवी चोक छेउमै बालगोपाल मन्दिर छ । विजयपुर दरबार आसपासको क्षेत्रमा बुढासुब्बा र पिण्डेश्वर मन्दिरको राडारु क्षेत्रमा रहेको गोपाल मन्दिरको इतिहास करिब ९० वर्ष पुरानो हो । हिन्दुसँगै किराती आस्थाको क्षेत्रको रूपमा प्रचारित विजयपुर क्षेत्रमा अहिले धार्मिक लफडा सुरु भएको छ ।

लामो समयदेखि अस्तित्व भएको मन्दिरअगाडि नै चर्च बनेको भन्दै मन्दिर पक्ष र चर्च पक्षबीच वाकद्वन्द्व चलिरहेको छ । वाकद्वन्दको सुरुवात भएको लामो समय भने भएको छैन । गोपाल मन्दिरअगाडि बन्दै गरेको संरचनामा क्रसु चिह्न राख्न थालेपछि के संरचना बन्न लागेको भनेर स्थानीयहरू केही हप्ताअघि वडा कार्यालयमा पुगेका थिए ।

निवेदन लिएर पुगेका उनीहरूलाई वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले आवासीय प्रयोजनको लागि आफूले दुईवटा रुख कटान सिफारिस दिएको जवाफ दिए । निजी प्रयोजनको लागि सिफारिस लिएर चर्चको संरचना बन्न थालेपछि हिन्दु पक्षधरहरू सङ्गठित भए । त्यससँगै बन्यो विजयपुर धार्मिक क्षेत्र संरक्षण समन्वय समिति। विजयपुर ऐतिहासिक क्षेत्र हो । यसलाई संरक्षण गर्नुपर्छ भनेर सङ्गठित बनेका हौँ, समितिका सचिव मातृकाप्रसाद नेपालले भने ।

सङ्गठित भएसँगै उपमहानगरलाई सोही समितिले असार २२ गते ज्ञापनपत्र दिएपछि घटना अझै ठूलो रूपमा सार्वजनिक भयो । मन्दिर पक्षधरहरूले ज्ञापन पत्र दिएपछि उपमहानगरले इसाई समाजलाई पनि बोलाएर छलफल गर्‍यो । मेयर हर्क साम्पाङको नेतृत्वमा छलफल भएको थियो ।

इसाई समाजले धार्मिक स्वतन्त्रता संविधानले दिएको मौलिक हक बताउँदै चर्च बन्नु नौलो कुरा नभएको छलफलमा बतायो । इसाई समाज धरानका अध्यक्ष गोविन्द राईले देशको संविधान र कानुनले धार्मिक स्वतन्त्रता दिएकोले चर्च सञ्चालन गर्न पाउनुपर्ने छलफलमा बताएका थिए ।

मन्दिर पक्षधरहरू ९समिति० इसाई समाजको तर्कमा सहमत भएनन् । धार्मिक ऐतिहासिक, पौराणिक महत्वको विजयपुर क्षेत्रबाट उक्त चर्च स्थानान्तरण गराउन र भविष्यमा पनि कुनै चर्चहरू निर्माण हुन नदिन समितिले माग गर्‍यो । अनुमति नलिई संरचना बनाएकाले त्यहाँ चर्च बन्न नहुने तर्क बारम्बार मन्दिर पक्षधरहरूको थियो ।

मन्दिर पक्षधर र इसाई समाजको बहस सुनेपछि साम्पाङ बोले । तर, निकास भने दिएनन् । आफूले यो विवाद समाधान गर्न नसक्ने भन्दै अदालत जान सुझाएर उनी पन्छिए । छलफलपछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्नो धारणा दिए । देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीश होइन म । धर्मको विषयमा न्यायालयले नै हो बोल्ने । कसको भगवान् ठूलो कि कसको ईश्वर ठूलो त्यो कुराको फैसला न्यायालयले गरिदेओस्, उनले लेखेका छन् ।

साम्पाङ विवादबाट उम्किएपछि यो विषयमा सामाजिक सञ्जालमा तर्क वितर्क चल्न थाल्यो । हिन्दु धार्मिक गुरु श्री निवास भनेर आफूलाई परिचय गराउने दिनेश पण्डितले मेयर साम्पाङको धार्मिक आस्थाको विषयमा स्थानीय मिडियामार्फत उग्र प्रतिक्रिया दिए । श्री निवासले साम्पाङलाई इसाई करारु गर्दै उपमहानगरले नै धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने काम गरेको आरोप लगाए ।

श्री निवासको आरोपपछि मेयर साम्पाङ र उनका समर्थकहरू थप भड्किए । साम्पाङ प्रत्याक्रमणमा उत्रिए त्यसपछि । आलोचना, समालोचनासँगै साम्पाङले समर्थन नपाएका भने हैनन् । हिन्दु धर्मभित्रको जात व्यवस्थाले उत्पीडितहरूलाई लगातार पेलेको भन्दै साम्पाङको पक्षमा समर्थन पनि जुट्यो ।

तर, सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस चलेपछि साम्पाङ थप उद्वेलित बनेको फेसबुक स्ट्याटसबाट देखिन्छ । श्री निवास उर्फ दिनेश पण्डितमाथि फेसबुक प्रत्याक्रमण गर्दागर्दै बिस्तारै साम्पाङ समुदायगत आरोपमा उत्रिएपछि विवादमा उग्र बन्यो ।

‘साह्रै धेरै निहुँ खोजे अर्कै कुरा आउँछ है । आदिम बासी मुलबासीहरूसँग निहुँ नखोजेको राम्रो । यो भन्दा बढी बोलिनँ।’ यस्तै, अर्को पोस्ट गर्दै नमस्कार पनि हिन्दुको सम्बोधन भएकोले अबदेखि सेवा भनूँ त रुु भन्ने प्रश्न गरे । त्यसपछि सामाजिक सञ्जालमा साम्पाङलाई पदीय मर्यादा भुलेर साम्प्रदायिक लेपन लगाउन खोजेको भन्दै आलोचना जारी नै रह्यो ।

फेसबुकमा साम्पाङ उग्र रूपले प्रस्तुत हुन् थालेपछि साम्पाङले तिहारमा लक्ष्मीपूजा गर्नुभन्दा श्रम गर्नु भनेर गरेको पोस्ट र क्रिसमसमा आफ्नै कार्यकक्षमा ख्रिष्टियन समुदायसँग केक काटेको तस्वीर भाइरल नै बन्यो । यस्तै, उनले चर्चमा बोलेको भिडियोको क्लिप पनि फेसबुकमा सार्वजनिक भएपछि साम्पाङलाई क्रिस्चियन मिसिनरीु भन्दै व्यापक आलोचना भयो ।

यता, मेयर साम्पाङ भने आफू सबै धर्मको शुभचिन्तक रहेको बताउँदै पिण्डेश्वरमा पानी चढाएको, हेभन्ली पाथको गुरुसँग बसेको फोटो, भिडियो पनि पोस्ट गर्न थाले । कुनै धर्मको पक्षधरता लिने कसैको आलोचना गर्ने काममा आफू नरहेको साम्पाङको दाबी छ । साम्पाङले आफ्नो समर्थनमा नआउनेहरूलाई राजनीतिक पार्टीका झोले करार गर्दै आएका छन् । आलोचनात्मक कमेन्ट गर्नेमाथि उनी जाइलाग्ने गरेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win