Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
बालिका शसक्तिकरणमा सञ्चार क्षेत्रको भुमिका विषयक २ दिने अभिमुखीकरण तालिम सौराहामा सम्पन्न । बालिका शसक्तिकरणमा सञ्चार क्षेत्रको भुमिका विषयक २ दिने अभिमुखीकरण तालिम सौराहामा सम्पन्न । - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

बालिका शसक्तिकरणमा सञ्चार क्षेत्रको भुमिका विषयक २ दिने अभिमुखीकरण तालिम सौराहामा सम्पन्न ।

786 पटक हेरिएको
Clock २०७८ श्रावण १७, आईतवार ०८:४४
-- Sponsored --

साउन १७ । बालिका शसक्तिकरणमा सञ्चार क्षेत्रको भुमिका विषयक २ दिने अभिमुखीकरण तालिम सौराहामा सम्पन्न भएकाे छ।नेपाली समाजमा बालिकालाई अझैपनि विभेद हुने भन्दै त्यसका विरुद्ध पत्रकारहरूलाइ कलम चलाउन आग्रह गरिएको छ । २१ औँ शताब्दी भनेपनि बालविवाह, शिक्षाबाट बन्चित, अनलाइन कक्षामा विभेद, हिँसा, आदि घटनाबाट पीडित रहेकाले सवेदनशीलतालाई ख्याल गरेर कलम चलाउन सुझाव दिइएको हो ।

तालिममा सहभागी पत्रकारहरू

क्यानलानको सहयोगमा  चितवनको सौराहामा साउन १५ र १६ गते भएको तालिममा बोल्दै आयोजक सस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बाल अधिकार सवैको सरोकार रहेको भन्दै बालिका शसक्तिकरणमा अझ बढि कलम चलाउन आग्रह गर्नुभयो ।

तालिममा सहभागी पत्रकारहरू

समृद्ध नेपाल निर्माणका लागि बालिका तथा किशोरीहरु सक्षम हुन आवश्यक रहेको भन्दै देवचुलीमा चाँडै रिर्सोस सेन्टर समेत स्थापना गर्ने बताउनुभयो । देशभरका किरोशी तथा युवाहरुका लागि करिव ३ करोडको लागतमा उक्त सेन्टर स्थापना गर्ने बताउनुभयो । चार कठ्ठा जग्गा खरिद भइसकेको र  अहिले भवनको डिजाइन बारे इन्जिनियरहरुसँग छलफल भइरहेको उहाँको भनाई छ ।

तालिममा सहभागी पत्रकारहरू

नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा भएको कार्यक्रममा बोल्दै महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पारजुलीले आफू नेतृत्वमा आउनासाथ क्रियाशील पत्रकारहरुलाई यो क्षेत्रका मुद्दा पहिचान गर्न सहयोग मिल्ने भएकाले तालिम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो  । साथै किशोरी तथा वालवालिकाको क्षेत्रमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउन आफूले पहल गर्ने बताउनुभयो ।

तालिममा सहभागी पत्रकारहरू

समापन कार्यक्रममा बोल्दै महासंघका सचिव विष्णु गौडेलले तालिमबाट यस अघि अष्पष्ट रहेका धेरै मुद्दाहरुमा प्रष्ट हुन पाएको भन्दै आगामी दिनमा किशोरी शसक्तिकरणको पक्षमा कलम चलाउने बताउनुभयो ।


साथै आगामी दिनमा पनि महासंघसँगको सहकार्य जारी राख्ने सहयोगी संस्थाहरुलाई उहाँको आग्रह थियो । कार्यक्रममा पत्रकारिता विषयका प्राध्यापक डा कुन्दन अर्याल,जागृति बाल तथा युवा सरोकार नेपालका दिपक शर्मा, वालअधिकारकर्मी राजेश शर्माले प्रशिक्षण दिनुभएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win