मोटरसाइकलसहित चोरीमा संलग्न भएको आरोपमा एक गिरोह पक्राउ

प्रहरीले चोरीको मोटरसाइकलसहित चोरीमा संलग्न भएको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित प्रेमसिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको अवस्थामा हराएको ना ४३ प १९३३ नम्बरको मोटरसाईकल खोजी गर्ने क्रममा गिरोह समातिएको हो । मोटरसाइकल गत चैत २० गतेदेखि हराएको थियो । हराएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको प्रहरी अधिकृत सहितको टोली र प्रहरी बिट कृष्णपुरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलास गर्दै जाँदा वैशाख २८ गते चोरी गर्नेमध्ये एकजना पक्राउ परेका थिए । पक्राउ परेका भरतपुर-१९ शारदानर बस्ने वर्ष २०का आकाश तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा अरू दुई जना पनि पक्राउ परेका छन् । पूर्वि नवलपरासी, गैंडाकोट नगरपालिका वडा नम्बर-७ गैह्री स्थायी घर भई भरतपुर महानगरपालिका-५ गुम्वाटोलमा डेरागरी बस्ने वर्ष २८ का दुर्गा पौडेलको घरकोठामा लुकाई राखेको ना ४३ प १९३३ को मोटरसाईकल वैशाख २९ गते बरामद गरी सोधपुछ गर्दा उक्त घटनामा संलग्न थप गैंडाकोट- ९ थुम्सी बस्ने वर्ष २०का सन्दिप आलेलाई वैशाख ३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *