+
+
-- Sponsored Ad --

कोरोना संक्रमणबाट कावासोतीमा थप एकको मृत्यु

435 पटक हेरिएको
Clock २०७८ बैशाख २७, सोमबार १२:१३
-- Sponsored --

कावासोती । कोरोना संक्रमणको कारण कावासोतीमा थप एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं ५ का ६१ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा  भएको हो । निमोनियाको समस्या आई यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 

कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः३० बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ।

यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको १४ संख्या पुगेको छ भने कोरोना संक्रमितले ज्यान गुमाउनेको कुल संख्या ४६ पुगेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win