+
+
-- Sponsored Ad --

भारतको उत्तराखण्ड पहिरोमा बेपत्ता भएका ११ जना जनाको परिचय खुल्यो

313 पटक हेरिएको
Clock २०८० श्रावण २१, आईतवार ०९:५७
nepali in pahiro
-- Sponsored --

साउन २१, काठमाण्डौ : भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्लाका ११ जनाको परिचय खुलेको छ । एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो ।

बेपत्ता हुनेमा पातारासी(२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बोहोरा, उहाँकी श्रीमती अनिता बोहोरा, ११ वर्षीया छोरी सलिता बोहोरा, ९ वर्षीया छोरी पिंकी बोहोरा, ७ वर्षीया छोरी प्रिति बोहोरा, ४ वर्षीय छोरा जटिल बोहोरा, दुई वर्षीय छोरा ओकिल बोहोरा, पातारासी(३ का ३८ वर्षीय बम बोहोरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् ।

पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको हिजो शनिवार पहिचान खुलेको थियो । बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी भइरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win