+
+
-- Sponsored Ad --

मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

192 पटक हेरिएको
Clock २०८० श्रावण २३, मंगलवार १०:४६
pahiro

File Photo

-- Sponsored --

साउन २३, मकवानपुर : मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।

पहिरोमा परी बागमती गाउँपालिका(५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका(१ कोकटीका अन्धाजी १६र१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।

बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win