+
+
-- Sponsored Ad --

यस्तो छ बुधवारकालागि विदेशी मुद्राको विनिमय दर

261 पटक हेरिएको
Clock २०८० श्रावण २४, बुधबार १०:०३
money-exchange
-- Sponsored --

साउन २४, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हिजो डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९५ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २१ पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६।२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६।४१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसामा कारोबार हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा कारोबार हुने जनाएको बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा कायम भएको छ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।४१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८।८६ रुपैयाँ रहेको छ भने बिक्री दर २९।९९ रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२९।६९ पैसा तथा बिक्रीदर ४३१।६४ पैसामा कारोबार हुनेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win