ओली-नेपाल वार्ता : निष्कर्ष निस्कन सकेन ।

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लगातार दुई दिन भएको वार्ता कुनै सहमतिमा पुग्न सकेन ।

पार्टीमा समानान्तर कमिटी गठन र कारबाहीको श्रृङ्खला चलिरहेका बेला बुधबार अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेर वार्ताको प्रस्ताव गरेका थिए । नक्सालस्थित मेरियट होटलमा बुधबार दुई घण्टा वार्ता गरेका दुई नेता बिहीबार दिउँसो पनि त्यही होटलमा छलफलमा जुटेका थिए ।

 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेपछि बाहिरिएका नेता नेपालले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिए, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

स्रोतका अनुसार भेटमा दुई नेताबीच सम्वाद हुनु सकारात्मक भएपनि सहमतिको कुनै संकेत देखिएको छैन । नेपाल समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपूर्व २ जेठ २०७५ मा कायम रहेको पार्टी संरचना, विधानमा फर्किनुपर्ने माग गरेको छ ।

नेपाल समूहका एक नेता भन्छन्, ‘पार्टीमा देखिएको समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव पनि आएको छैन, २८ फागुन र त्यससताका निर्णयहरुबाट पछाडि हट्न पनि तयार हुनुहुन्न ।’

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 16 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *