+
+
-- Sponsored Ad --

दक्षिण अमेरिकामा बन्धक बनाइएका तीन नेपाली महिलाको उद्धार गरिदिन आग्रह

226 पटक हेरिएको
Clock २०८० श्रावण २७, शनिबार १०:५६
bandhak
-- Sponsored --

साउन २७, काठमाण्डौ : दक्षिण अमेरिकामा बन्धक बनाइएका नेपाली महिलाको उद्धार गर्नका लागि राष्ट्रिय महिला आयोगले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगका अध्यक्ष कमला पराजुलीले परराष्ट्रमन्त्री एनपी साउँदलाई पत्राचार गर्दै दक्षिण अमेरिकाको ट्रिनिडाड एण्ड टोवागोमा तीन महिला बन्धक बनाइएकाले उनीहरुको उद्धार गर्न अनुरोध गरेकी हुन् ।

आयोगले पत्राचार गरे लगत्तै मन्त्रालयले यस विषयमा मन्त्रालय र वासिङटन डिसीमा रहेको नेपाली राजदूतावासविच सन्देश र अद्यावधिक जानकारी एवम थप सूचना आदानप्रदान भइरहेको जनाएको छ ।

साथै मन्त्रालयले आयोगको पत्र प्राप्त गरे लगत्तै कुटनीतिक नियोगमा भए गरेका प्रयासबारेमा जानकारी गराउन वासिंङटन डिसीमा रहेको नेपाली राजदूतावासलाई निर्देशन पनि दिएको छ ।

prarasta pattra

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win