+
+
-- Sponsored Ad --

आज चिनियाँ सेनाको टोली नेपाल आउँदै

187 पटक हेरिएको
Clock २०८० श्रावण ३१, बुधबार १२:२४
chinese_defence_minister_wei_fenghe_ambassador tt
-- Sponsored --

साउन ३१, काठमाडौं  : चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।

चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बतायो । भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win