+
+
-- Sponsored Ad --

शाश्वतधाममा हनुमंत कथा वाचन, कार्यक्रम स्थलकाे तयारी पुरा

542 पटक हेरिएको
Clock २०८० भाद्र १, शुक्रबार २३:०७
-- Sponsored --

घनश्याम बगाले, नवलपरासी : पूर्वी नवलपरासीकाे दुम्काैली स्थित शाश्वत धाममा शनिबार देखि सुरू हुने हनुमंत कथा वाचनका लागि भारतीय पण्डित आचार्य  धिरेन्द्रकृष्ण शास्त्री आउने भएका छन् ।
चाैधरी ग्रुप परिसरमा संचालन हुने धार्मिक कथा बाचन सभामा सहभागी  श्रद्धालु भक्तजन तथा वाचक , सन्त महन्तहरू रहनका लागि करिव १० हजार मानिस अट्ने मञ्च एवं पण्डालकाे व्यवस्था गरिएकाे जनाईएकाे छ ।
कथावाचन श्रवणका लागि श्रद्धालुहरूकाे अघिल्ला दिन देखिकै बाक्लाे आगमन र जमघटले दुम्काैली क्षेत्रका हाेटलहरू भरिएका छन् । यसै सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले कार्यक्रम स्थलकाे निरिक्षण गरि आवश्यक  सुरक्षा व्यवस्था  मिलाईएकाे बताईन ।

पूर्वपश्चिम राजमार्गसंग जाेडिएर रहेकाे शाश्वतधाम क्षेत्र यस अघि देखिनै श्रद्धालुहरूकाे घुईचाे लाग्ने धार्मिक पर्यटनकाे केन्द्रका रूपमा चिनिदै आएकाे छ ।
यहाँ सनातन धर्ममा आधारित बेद बिद्याश्रम, गाैशाला, सराेवर  गणेश , कृष्ण लगायत महाभारत कालिन देवमूर्ती, धार्मिक संग्रहालय तथा खजुराह शैलीकाे एकाम्वेश्वर महादेवकाे भब्य मन्दिर रहेकाे छ ।
कथावाचन स्थलमा चाेरी डकैती हाेहल्ला हुन नसकाेस भनि थप शान्ति  शुरक्षाका लागि नेपाल प्रहरी सहित चारै तहकाे सुरक्षा टाेली कार्यक्रम स्थल वरपर रहने जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए ।
साथै वहाँले स्वयंसेवकहरूले आगन्तुकहरूकाे छुट्टै लाईन बनाउने र राजमार्गकाे आवागमनलाई सुचारू राख्न ट्राफिक प्रहरी परिचालन गरिने  बताउदै जाे काेहीलाई प्रहरी सहायता चाहिदा १ सय वा ९८५७०९०३४४ मा सम्पर्क गर्न सुझाएका छन ।

स्कर्टिङमा हिन्दु स्वयंसेवक दस्ता:

कथा वाचनका लागि शाश्वत धाम पाल्नुहुने धर्मगुरू एवं चामत्कारिक बाबा धिरेन्द्र कृष्ण शास्त्री बागेश्वर धाम माहाराजकाे स्वागता एवं स्कर्टिङमा जिल्ला स्थित विश्वहिन्दु युवासंघकाे टाेली शनिवार चितवनकाे भरतपुर विमान स्थल जाने भएकाे छ ।
जिल्लाकाे नवलपुर क्षेत्रबाट सयाैंकाे संख्यामा युवा स्वयंसेवक दस्ता आफ्नै पाेशाकमा बालाजी महाराजलाई लिन भरतपुर जाने  संयोजक लक्ष्मण रिजालले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win