+
+
-- Sponsored Ad --

शाश्वतधाममा बागेश्वर बाबाको हनुमान प्रवचन (फोटो फिचर)

284 पटक हेरिएको
Clock २०८० भाद्र ३, आईतवार १२:४२
bageshor-baba-3
-- Sponsored --

भदौ ३, नवलपुर : बहुचर्चित बागेश्वर धामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीको हनुमान प्रवचन सुन्न नवलपुरको शाश्वत धाममा हजारौंको ओइरो लागेका छन् । पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्था समेत मिलाइएको छ ।

भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री नेपालको गण्डकी प्रदेशस्थित नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरको दुम्कौलीमा रहेको शाश्वत धाममा ‘हनुमान कथा वाचन’ का लागि शनिबार यहाँ आइपुगेका हुन् । उनी चौधरी गुप्रका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा आएका हुन् । काठमाडौंमा सांसद विनोद चौधरी, सारिका चौधरीसहित शास्त्री चितवन उत्रिएका थिए ।

नेपालको अग्रणी औद्योगिक तथा व्यापारिक घराना चौधरी गुप्रले व्यवस्थापन गरेको शाश्वत धाम सोही उद्योग ग्रामभित्र रहेको छ । यहाँ सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने उल्लासमय वातावरणमा धार्मिक पर्यटनको मेला लागेको छ । व्यवस्थापन पक्षका अनुसार एक दिनमा करिब ११ हजार जनाले कथा श्रवण गरेका छन् । प्रत्यक्ष उपस्थित हुन नसक्नेका लागि सामाजिक सञ्जाल र डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइएको छ । भदौ ४ गतेसम्म तीन दिन चल्ने कथा श्रवण गर्नका लागि देशका विभिन्न जिल्लाबाट उपस्थित भएका छन् । यो कार्यक्रममा जिल्लाको धार्मिक पर्यटन विकासमा समेत टेवा पुगेको यहाँका स्थानीले बताएका छन् ।

bageshor-baba-1

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win