+
+
-- Sponsored Ad --

लिफ्ट मागेर जिप चढेका व्यक्तिबाटै लुटपात, जिप लिएर फरार

274 पटक हेरिएको
Clock २०७९ असार १३, सोमबार १५:४४
-- Sponsored --

कैलाली । जिपमा लिफ्ट मागेका तीन जना भारतीय नागरिकले हातखुट्टा बाधेर लोकेन्द्रसिंह भण्डारीको जिप लिएर फरार भएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत लोकेन्द्रसिंह भण्डारी भिरमा हातखुट्टा बाधेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो करिब १ बजेतिर गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा भण्डारी फेला परेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयले भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगर देखि ३ जना भारतीय नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१ – २३ च ६०२१ नम्बरको जिपमा चढेको बताउनुभयो ।

जीप गाइमारे पुगेपछि भण्डारीलाई रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाधेर भण्डारीलाई सडक देखि तल पुर्‍याएर जीप लिएर फरार भएको भण्डारीले बताएको डिएसपी पाण्डेयले बताउनुभयो ।

भण्डारीसँग भएको मोबाइल, पर्स र नगद ५ हजार रुपैयाँ समेट लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिपसहित फरारको खोजी गरिरहेको बताएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win