+
+
-- Sponsored Ad --

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

250 पटक हेरिएको
Clock २०८० भाद्र १३, बुधबार १२:५५
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ ।

बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले पाकिस्तानसँग जितको शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास र खेलाडीहरूको हीतका निम्ति आफूले सधैँ ध्यान दिएको पनि बताउनु भयो ।

भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिष्पर्धामा प्रश्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराउनु भयो । नेपालले आज (बुधवार) घरेलु टिम पाकिस्तानसँग खेल्दैछ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win